दफा १७
संस्थानको काम र कर्तव्य
: संस्थानलाई नै पनि राजनैतिक या आर्थिक दल वा सिद्धान्त विशेषको प्रभावबाट मुक्त राखी स्कूल, कलेज तथा सर्व साधारणको उपयोगी पुस्तक आदिको प्रकाशन गरी एउटा उच्च कोटिको प्रकाशन संस्थाको रूपमा त्यस्को संचालन एवं व्यवस्था गर्नु संस्थानको मुख्य
कर्तव्य हुनेछ ।
(२) उपदफा (१) मा उल्लेख भएको कर्तव्यमा कुनै प्रकारको वाधा नपर्ने गरी संस्थानले जनहितको ख्याल राखी अन्य उपयोगी नक्सा, क्यालेण्डर आदि पनि प्रकाशित गर्न सक्नेछ ।
(३) उपदफा (१) अन्तर्गतको अधिकार र कर्तव्यको सर्व सामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी संस्थानले विशेष गरेर देहायमा लेखिएका कामहरू गर्न अथवा अधिकारहरू प्रयोग गर्न पाउनेछः–
(क) पुस्तक आदि लेख्न लगाउने, अनुवाद गराउने, मुद्रण, प्रकाशन, वितरण, विज्ञापन र सञ्चालन आदि सबै प्रकारको काम गर्ने,
(ख) संस्थान भित्र वा बाहिरका व्यक्तिलाई संस्थानको काम कुरामा शिक्षा एवं तालीमको व्यवस्था गर्ने,
(ग) पुस्तकको नवीन संस्करण, आकार प्रकार, ब्लक र मूल्य आदि निर्धारण गर्ने,
(घ) खण्ड (ग) मा उल्लिखित कुरा कार्यान्वित गर्नको निमित्त छापाखाना तथा अन्य आवश्यक सरसामान खरीद गर्ने र जुटाउने,
(ङ) प्रकाशन स्तरमा सुधार ल्याउन आवश्यक कदम उठाउने,
(च) आफूले तयार गर्न लगाएका पुस्तकको लेखकलाई प्रति संस्करण उचित पुरस्कार दिने व्यवस्था गर्ने,
(छ) आफूले गर्न पाउने काम गर्नाको लागि चल, अचल सम्पत्ति प्राप्त गर्ने, भोग गर्ने र नामसारी गर्ने,
(ज) आफ्नोे अधिकारको प्रयोग गर्न र कर्तव्यको पालन गर्नमा मद्दत हुने किसिमको सबै ठेक्का पट्टा लिने दिने र कार्यान्वित गर्ने,
(झ) कुनै व्यक्ति, संस्था र सरकारी वा अर्ध सरकारी संस्थाबाट प्रकाशनार्थ दिएका पुस्तकहरू छपाउने, बिक्री वितरण गर्ने र प्रचार गर्ने,
(ञ) संस्थानको सम्पत्ति धितो बन्धक राखी अरूसँग सापटी लिने,
(ट) संस्थानको सम्पत्ति भाडामा दिने, बिक्री गर्ने वा अरू प्रकारको बन्दोबस्त गर्ने,
(ठ) संस्थानको शेयरको लाभांश बाड्ने,
(ड) आफ्नोे प्रकाशनको प्रचारगर्ने,
(ढ) आफ्नोे र आफूले गरेको प्रकाशनको बिक्री वितरणको लागि नेपाल…….. भर र विदेशमा समेत ठाउँ–ठाउँमा बिक्री केन्द्र खोल्ने वा एजेन्सी दिने,
(ण) आफ्नोे रकमलाई नेपाल सरकारले अनुमति दिएमा सेक्युरिटिमा लगाउने, र
(त) यो ऐन अन्तर्गतको आफ्नोे कर्तव्यहरूको पालन र अधिकारहरूको प्रयोग र यो ऐनको उद्देश्यहरूलाई कार्यान्वित गर्न आवश्यक भएका र त्यसको सिलसिलामा चाहिने अरू सबै काम कुराहरू गर्ने ।